एसियाकै धनी मुकेश अम्बानीले गरे रिटायर हुने संकेत, उत्तराधिकारीबारे पहिलोपटक बोले

डिसी नेपाल
१४ पुष २०७८ १३:५८

काठमाडौं। एसियाकै धनी व्यवसायी रिलायन्स इण्डष्ट्रिजका अध्यक्ष मुकेश अम्बानीले आफ्नो ग्रुपको उत्तराधिकारबारे पहिलो पटक बयान दिएका छन् । उनले नयाँ पिढी नेतृत्वको लागि तयार भएको बताएका छन् । उनले आकाश, इशा र अनन्तले आफूहरुले भन्दा राम्रो प्रदर्शन गरिरहेको बताए । रिलायन्सको स्थापना गर्ने आफ्ना पिता धिरुभाइ अम्बानीको जन्मदिनको अवसरमा धिरुभाइका जेठा छोरा मुकेशले एक पारिवारिक कार्यक्रममा यस्तो बताएका हुन् ।

उनले भने ‘युवा पिढी अब नेतृत्वको भूमिका निभाउनको लागि तयार छ । अब म उत्तराधिकारको प्रक्रियालाई तीब्र बनाउन चाहन्छु । हामीले नयाँ पिढीको मार्गदर्शन गर्नुपर्छ । उनीहरुलाई सक्षम बनाउनु पर्छ । उनीहरुलाई प्रोत्साहित गर्नुपर्छ र बसेर ताली बजाउनु पर्छ । म हरेक दिन रिलायन्सको लागि बच्चाहरुको लगन, प्रतिबद्धता र समर्पण देख्न र महसुस गर्न सक्छु । म उनीहरुमा त्यही आगो र क्षमता देख्छु जो मेरा पितासँग लाखौं मानिसको जीवनमा परिवर्तन ल्याउन र भारतको विकासमा योगदान दिनको लागि थियो ।’

अम्बानीले भने ‘जब हामी यरलायन्सको स्वर्णिम दशकको दोस्रो भागमा प्रवेश गरिरहेका छौं म तपाइँहरुलाई भन्न सक्छु कि हाम्रो कम्पनीको भविष्य मैले पहिलेभन्दा कैयौं उज्वल देखिरहेको छु । म विश्वासका साथ दुई भविष्यवाणी गर्न सक्छु । सबैभन्दा पहिले भारत विश्वका शीर्ष तीन अर्थव्यवस्थामध्ये एक बन्नेछ । दोस्रो रिलायन्स विश्वको सबैभन्दा बलियो र सबैभन्दा प्रतिष्ठित भारतीय बहुराष्ट्रिय कम्पनीमध्ये एक बन्नेछ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *