अमेरिकामा कोभिड संक्रमितको संख्या बढेको बढ्यै, दैनिक १२ सयको मृत्यु

डिसी नेपाल
१५ पुष २०७८ १०:४१
2.7k
Shares

न्युयोर्क। अमेरिकामा कोभिडका नयाँ संक्रमितको संख्या अहिलेसम्मकै उच्च देखिएको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अमेरिकामा कोभिड संक्रमण डरलाग्दो ढंगले फैलिएको छ।

मंगलबारसम्म पछिल्लो एक सातामा औषतमा दुई लाख ६५ हजार ४२७ जनामा संक्रमण देखिएको छ। घरबाट गरिएका परीक्षण समावेश नगरिएकाले तथ्यांकमा उल्लेख गरिएको भन्दा बढी संक्रमित हुन सक्ने विज्ञहरुले बताएका छन्।

अहिले पनि अमेरिकामा संक्रमणका कारण औषतमा दैनिक १२ सयको मृत्यु हुने गरेको छ। संक्रमण बढ्नुमा नयाँ भेरियन्ट ओमिक्रोन भाइरसलाई मुख्य जिम्मेवार मानिएको छ । ओमिक्रोनका कारण अमेरिकामा अस्पताल जाने विरामीको संख्या न्यून भए पनि यसको संक्रमण दर भने तीव्र छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *