साउदी राजा सलमानले पुरानो प्रतिद्वन्द्वी इरानलाई पठाए खास सन्देश

डिसी नेपाल
१५ पुष २०७८ १६:४२

काठमाडौं। साउदी अरेबियाका राजा सलमानले आफ्नो पुरानो प्रतिद्वन्द्वी इरानसँग बिहीबार यस क्षेत्रमा आफ्नो नकारात्मक शैली बन्द गर्न अपिल गरेका छन् । यसअघि साउदीले इरानमाथि यमनका विद्रोहीहरुलाई संरक्षण दिएको आरोप लगाएको थियो । साउदी अरबका अनुसार उसको देशमा हुने यमनी विद्रोहीको आक्रमणको पछाडि इरानको संरक्षण छ ।

यद्यपि गत शुक्रबार ८६ वर्षका भएका किंक सलमानको शैली यस पटक पहिलेजस्तो कडा थिएन बरु त्यसमा केही नरमपनाको भाव थियो । समाचार एनेन्सी एएफपीको रिपोर्टअनुसार गत वर्ष किंग सलमानले विश्वभरीका शक्तिहरुसँग इरानविरुद्ध कडा शैली अपनाउन अपिल गरेका थिए । किंग सलमानले साउदी अरबको शुरा काउन्सिललाई गत वर्षजस्तै अनलाइन सम्बोधन गर्दा यस्तो बताउका हुन् । यो साउदी अरबको सत्तालाई सल्लाह दिने सर्वोच्च संस्था हो ।

किंग सलमानको सम्बोधन ४ मिनेटभन्दा पनि कम समयको थियो । उनले विस्तारै सेतो कागजमा लेखिएको भाषण पढिरहेका थिए जसमा उनी बेलाबेलामा रोकिन्थे । उनको भाषण निर्धारित समयभन्दा ३ घण्टा पछाडि प्रसारण गरियो । साउदीको सरकारी प्रेस एजेन्सीले पछि किंग सलमानको पूरा बयान जारी गर्यो । बयानमा भनिएको छ ‘हामीलाई आशा छ इरान यो इलाकामा आफ्नो नीति र नकारात्मक शैली बदल्नेछ र उसले वार्ता र सहयोगतिर कदम बढाउनेछ । यो क्षेत्रको सुरक्षालाई अस्थिर बनाउने इरानी नीतिका विषयमा हामी चिन्तित छौं ।’

साउदी अरब र इरानबीच दशकौंदेखि मतभेद छ । क्षेत्रीय मामिलासँग सम्बन्धित मुद्दामा उनहिरु एक अर्काविरुद्ध कडा शैलीमा प्रस्तुत हुन्छन् । यिनैमध्येको एक यमनको मोर्चा पनि हो जहाँ हुती विद्रोहीहरुसँग लडिरहेको सैन्य गठबन्धनको नेतृत्व साउदी अरबसँग छ जबकि हुती विद्रोहीहरुलाई इरानको समर्थन प्राप्त छ । सम्बन्ध सुधारको दिशामा अप्रिलदेखि दुवै पक्षबीच कैयौं चरण वार्ता भइसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *