किन टप फाइभमा परिनन् श्रृङ्खला हर्नुहोस् भिडियो

डिसी नेपाल
२३ मंसिर २०७५ ५:३३

काठमाडौं। मिस नेपाल श्रृंखला खतिवडा चीनमा भएको मिस वर्ल्ड २०१८ को फाइनल राउण्डको टप १२ सम्म पुगिन र उनको यात्रा त्यहीँ सिमित बन्यो। टप ३० हुँदै एसिया क्षेत्रबाट टप १२ मा पुगेकी श्रृंखला टप ५ मा पुग्न सकिनन्। मिस थाइल्याण्डले उनलाई पछि पारिन्।यसैबीच मिस वर्ल्ड २०१८ को ताज मेक्सिकोकी सुन्दरी भेनिसा पोन्सको सिरमा परेको छ। अमेरिकी क्षेत्रबाट उत्कृष्ट १२ मा पर्दै फाइनलमा पुगेकी भेनिसा निर्णायकहरूको मन जित्दै मिस वर्ल्ड बनेकी हुन्।

टप ३० हुँदै टप १२ सम्म पुग्दा श्रृङ्खलाको यात्रा रोमाञ्चक बन्यो। उनी प्रतिस्पर्धीका माझ निकै घुलमिल र प्यारी बनिन्। जजहरूसामु श्रृङ्खलाले राम्रै हैसियत प्रस्तुत गरेर ध्यान तानिन्। त्यसमा पनि श्रृङ्खलाले पाएको भोट मिस वर्ल्डको मञ्चमा चर्चायोग्य विषय बन्यो।टप १२ हुँदै टप ५ प्रवेश गर्ने आशा टुट्यो र श्रृङ्खलाको निकट प्रतिस्पर्धी मिस थाइल्याण्डले एसिया क्षेत्रबाट नेतृत्व गरिन्। एसिया क्षेत्रबाट थाइल्याण्ड, युरोपबाट बेलारुस, अमेरिका क्षेत्रबाट मेक्सिको, अफ्रिकाबाट युगान्डा र क्यारेबियन क्षेत्रबाट जमैका, यी पाँच मिस वर्ल्डको टप ५ मा पुगे।

मिस थाइल्यान्ड मिस वर्ल्ड एसिया ओसियनको उपाधि विजेता हुँदै अन्तिम ५ मा प्रवेश गरेको उद्घोष गरिएसँगै श्रृङ्खलाको अगाडिको यात्रा टुङ्गिएको थियो। उनी स्तब्ध बनिन्। तर हसिलो मुहार पार्दै उनले मिस थाइल्याण्डलाई अङ्गालो हालेर बधाई भन्दै अगाडिको यात्राका लागि शुभकामना दिइन्।जे होस्, श्रृङ्खला निरास हुनुपर्ने कुनै कारण छैन। नेपाललाई प्रतिनिधित्व गर्दै मिस वर्ल्डको मञ्चमा उनले आफ्नो र देशको गौरव बढाएकी छन्। विश्वले हेरेको प्रतिस्पर्धामा टप १२ मा पुगेर देशको नाम र चर्चा बढाउने काम श्रृङ्खलाले गरिन्।यो हेर्नोस् फाइनलमा श्रृङ्खलाका केही दमदार प्रस्तुतीहरूः


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *