लागूऔषधसहित पक्राउ

डिसी नेपाल
१६ पुष २०७८ १८:०७

काठमाडौं। काठमाडौँबाट लागूऔषधसहित आज एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–११ लोलाङ बस्ने धादिङ खनियाबास गाउँपालिका–४ का ४६ वर्षीय लेखबहादुर तामाङ रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उनलाई काठमाडौँ महानगरपालिका–३२ नरेफाँटस्थित तरकारी बजारबाट नियन्त्रित लागूऔषध नुर्फिन २८६ एम्पुल, फेनारगन २९२ एम्पुल र डाइजेपाम २८४ एम्पुलसहित पक्राउ गरिएको हो । कोटेश्वरबाट खटिएको प्रहरीबाट पक्राउ परेका उनीमाथि अनुसन्धान थालेको जनाइएको छ ।

यसैगरी महिलालाई वेटरको काम लगाइदिन्छु भन्दै यौन कार्यमा सङ्लग्न गराएको आरोपमा एक व्यक्तिलाई प्रहरीको मानव वेचविखन अनुसन्धान व्यूरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर घर भइ काठमाडौँ–३२ जडिबुटी बस्ने उमेश थापा रहेको व्यूरोले आज एक सूचना जारी गरी जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *