आमा बन्दै काजल अग्रवाल

डिसी नेपाल
१८ पुष २०७८ ११:११
936
Shares

काठमाडौं। नयाँ वर्षको सुरुवातसँगै दक्षिण भारतीय अभिनेत्री काजल अग्रवालका फ्यानका लागि एउटा खुसीको खबर छ। उनका पति गौतम किचलूले पत्नी तथा अभिनेत्री काजल चाँडै आमा बन्न लागेको खुलाएका छन्।

पछिल्लो केही समयदेखि काजल गर्भवती भएको अनुमान लगाइए पनि अहिले आएर यो खबरको पुष्टि भएको हो। गौतमले शनिबार आफ्नो इन्स्टाग्राममा काजलको एक तस्बिर सेयर गरेका थिए। ‘२०२२ तपाईंको पखाईमा छ’, उनले लेखेका थिए । यो क्याप्सनसँगै उनले गर्भवती महिलावाला इमोजी पोस्ट गरेका थिए।

यसअघि काजलले शुक्रबार पतिका साथ एक तस्वीर सेयर गरेकी थिइन्। तस्बिरमा अभिनेत्रीले आफ्नो बेबी बम्प देखाएकी थिइन्। तस्बिरमा उनी हरियो रंगको थाई हाई स्लिट गाउनमा सुन्दर देखिएकी थिइन्।

काजल र गौतमले हालैमात्र विवाहको पहिलो वार्षिकोत्सव मनाएका थिए । यो जोडीले सन् २०२० अक्टोबरमा मुम्बईमा विवाह गरेका थिए । उनीहले कोरोना निर्देशिका पालना गर्दै विवाह गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *