जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

डिसी नेपाल
१८ पुष २०७८ १३:५८

जाजरकोट। प्रहरीले जाजरकोटबाट जुवा-तास खेल्दै गरेका १३ जनालाई पक्राउ गरेको छ । भेरी नगरपालिका-४ गैरीखाली स्थित सन्तोष श्रेष्ठको घरमा अवैध रुपमा जुवातास खेलाइरहेको सूचना पाएपछि जिप्रका खलंगाबाट खटिएको प्रहरी टोलीले  १३ जना जुवाडेलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भेरी नगरपालिका-५ बस्ने ४२ वर्षीया दलबहादुर घर्ती, भेरी-४ बस्ने ४६ वर्षीय प्रचण्ड जंग शाह, भेरी-८ बस्ने २५ वर्षीय जीवन खत्री, भेरी-४ बस्ने २७ वर्षीय प्रभात केसी, भेरी-६ बस्ने ३४ वर्षीय शशी बुढा, भेरी-४ बस्ने ३३ वर्षीय सन्तोष श्रेष्ठ, भेरी-४ बस्ने २७ वर्षीय २७ नीराजन भडेल, छेडागाड नगरपाललिका- १३ बस्ने ४२ वर्षीय कर्ण बहादुर खड्का छेडागाड-५ बस्ने ३६ वर्षीय प्रकाशमान सिंह, छेडागाड-१० बस्ने ३६ वर्षीय प्रशुराम गिरी कुशे गापा-९ बस्ने वर्ष ४८ को दिकपाल आरसीजि, रुकुम पश्चिम चौरजहारी नगरपालिका-६ बस्ने २० वर्षीय विकाश विक र चौरजहारी नगर-३ मै बस्ने ३० वर्षीय बालकृष्ण बुढाथोकी रहेका छन्।

प्रहरीले जुवा खालबाट नगद २ लाख ५२ हजार १२० रुपैयाँ र तासका गड्डी र विभिन्न कम्पनीका मोबाइल सेट १३ थान बरामद गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *