अक्षयको ‘पृथ्वीराज’ का कारण दुई समाजबीच आरोपप्रत्यारोप

डिसी नेपाल
१९ पुष २०७८ १०:५२
124
Shares

काठमाडौं। बलिउड अभिनेता अक्षय कुमारको प्रदर्शनोन्मुख फिल्म ‘पृथ्वीराज’लाई लिएर गुर्जर र राजपूत समाजबीच आरोपप्रत्यारोप सुरु भएको छ। यो फिल्मविरुद्ध राजस्थानको अजमेरमा विरोध प्रदर्शन भइरहेको छ। फिल्ममा पृथ्वीराज चौहानलाई राजपुत समाजको भनी देखाइएको छ। जबकी गर्जुर समाजले पृथ्वीराजलाई आफ्नो समुदायको भनी दाबी गरिरहेको छ।

यहीकारण गुर्जर समाज अजमेरको वैशालीस्थित भगवान देवनारायण मन्दिरमा बसेर प्रदर्शन गरिरहेका छन्। यता राजपूत समाजले पृथ्वीराज चौहान राजपूत रहेकाले यसलाई प्रमाणित गर्न आवश्यक नरहेको जनाएको छ। राजपूत नेता भंवर सिंहले वास्तविकतालाई बद्ल्न नसकिने भएकाले पृथ्वीराज चौहान राजपूत नै रहेको दाबी गरे।

यो विवादका कारण गुर्जर समाजले अजमेर जिल्ला कलेक्टरलाई ज्ञापन पत्र बुझाउदै फिल्मको रिलिजमा रोक लगाउन माग गरेका छन्। ज्ञापन पत्रमा समाजका प्रतिनिधिले पहिला फिल्म हेरेपछि मात्र रिलिज गर्न दिन मिल्ने वा नमिल्ने भनी लेखिएको छ । गुर्जर समाजले राज्यका मुख्यमन्त्री अशोक गहलोतलाई पनि ज्ञापन पत्र पठाएका छन्।

चन्द्रप्रकाश द्विवेदीको निर्देशनमा बनेको ऐतिहासिक ड्रामा फिल्म ‘पृथ्वीराज’ भारतका वीर सपूत पृथ्वीराज चौहानमा आधारित छ। फिल्ममा अक्षय कुमारले पृथ्वीराजको मुख्य भूमिका निर्वाह गरेका छन्। फिल्ममा ‘मिस वर्ल्ड ’ मानुषी छिल्लरले पनि अभिनय गरेकी छन्। यो उनको डेब्यू फिल्म हो। उनले संयोगिताको भूमिका निर्वाह गरेकी छन्। फिल्ममा सञ्जय दत्त, सोनू सूद र मानव विजको पनि अभिनय छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *