कपिल शर्मा तनावमा !
काठमाडौं। बलिउड कमेडियन कपिल शर्मा यो समय निकै तनावमा छन्। उनी तनावमा हुने मुख्य कारण उनको चर्चित ‘द कपिल शर्मा शो’ की कलाकार सुमोना चक्रवर्ती हुन्।
सुमोनाले यो शोमा लामो समयदेखि कपिल शर्माकी श्रीमतीको भूमिकामा दर्शकलाई मनोरञ्जन दिइरहेकी छन्। यी अभिनेत्री अहिले कोरोनाभाइरसको शिकार भएकी छन्। सुमोनालाई कोरोना संक्रमण भएपछि कपिल केही तनावमा देखिएका छन्।
सुमोनाले सामाजिक सञ्जालमा आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएकी छन्। उनले आफ्नो स्वास्थ्य अवस्थाकोबारेमा पनि जानकारी दिएकी छन्। सुमोनाका अनुसार उनी होम क्वारेन्टाइनमा छिन्। उनले आफ्नो लागि प्रार्थना गर्न फ्यानमाझ आग्रह गरेकी छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment