खसी चोरको बिगबिगी

डिसी नेपाल
२१ पुष २०७८ १५:०७
448
Shares

बैतडी। बैतडीको पाटन नगरपालिका-५ क्वापानी गाउँबाट सोमबार राति २ वटा खसी चोरी भयाे। स्थानीय जयबहादुर चन्दको घरबाट यी दुई खसी चोरी भएका थिए। राति २ बजेतिर आएकाे अज्ञात समुहले खसीहरू लगेको उनका छोरा मनोज चन्दले बताए। उनले भने, ‘बुबा-आमा र बहिनी घरमा थिए। बाहिरबाट आएका व्यक्तिहरूको समूहले उनीहरूलाई बाहिरबाट ढोकामा ताल्चा लगाएर थुनेछन र गोठबाट खसी चारेर लगेछन्।’

दुई वटा खसीकाे मुल्य करिब ५० हजार पर्ने स्थानीय विवेकानन्द पाण्डेयले बताए । यसअघि पनि गाउँमा पटक पटक खसी चाेरी भएकाे उनले बताए । उनले भने, ‘यसरी पटक पटक गाउँबाट खसी चाेरी हुन थालेपछि स्थानीय त्रसित बनेका छन्। चाेरी राेक्न प्रहरी प्रशासन चनाखो हुनु पर्याे। सरकारले पीडित परिवारलाई राहत पनि उपलब्ध गराउनु पर्याे ।’ प्रहरीले भने खसी चोरीको बिषयमाथि अनुसन्धान भैरहेको जनाएको छ।

गतसाता दशरथचन्द नगरपालिका-४ बाडीलेकका एक किसानले गाेठमा बाँधेको खसीको दुई वटा खुट्टा काटेर मारेको अवस्थामा भेटिएको थियो । स्थानीय नैनराम भुलको गोठमा बाँधेको खसी काटेर लगेकाे अवस्थामा भेटिएको अभियन्ता राजुराम भुलले बताए । पछि गाेठमा आधा मात्रै खसी भेटिएको उनले बताए।

यसैगरी, गतबर्ष साहीलेकका एक व्यक्तिको खसी चोरेर बजारमा बेचेको भेटेपछि दोषीमाथि कारवाही गरेकाे स्थानीय देवराम लोहारले बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *