जित्छौं महामारी गीतकी रचयितालाई काेराेना संक्रमण

डिसी नेपाल
२२ पुष २०७८ ७:४०
196
Shares

अमेरिका। गत वर्ष महामारीविरुद्ध स्वास्थ्यकर्मीको प्रतिबद्धता स्वरुप ‘जित्छौ महामारी” भनेर हौसला बाँडेकी गीतकार काेरोना संक्रमणमा परेकी छन्।

गत बर्ष आनन्द कार्की र मिना कार्कीको स्वर, राजकुमार बगरको संगीतमा सार्वजनिक गरिएको सो गीतको भिडियोमा डा. भोला रिजाल, कृष्ण मल्ल, शर्मिला मल्ल, नारायण त्रिपाठी एवं अन्य कलाकारहरु र डाक्टर/नर्सहरुले अभिनय गरेका छन्।

स्वयं स्वाश्थ्यकर्मी रहेकी सुनिता बस्नेत थापा केही दिन अगाडि कोभिडको लक्षण देखिएपछि जचाउँदा पोजेटिभ रिपोर्ट आएको थियो। कोरोना अहिले सामान्य जस्तै भइ सकेको छ भने पनि पहिलो केही दिनहरुमा चर्को ज्वरो आएकोले अलि गार्हो भएको अनुभव बताइन्।

भनिन्- बुस्टर भ्याक्सिन लगाइसकेकी र रोकथामका सबै बिधि अनुसाशितरुपमा पालना गर्दै पनि कसो कसो कोरोनाले छोइ हाल्यो। जति नै सामान्य भने पनि यो रोग सामान्य जस्तो चाहिँ  छैन रहेछ। रोगको लक्षणले छोड्दै गए पनि अति कमजोर र नातागत बनाउने रहेछ। यो रोगसॅग लड्न सन्तुलित खाना, आराम, सूचना, आत्मबल र माया ममताको अत्यन्तै ठूलो भूमिका रहेछ। आफैं एक विरामी हुनुको अनुभव सहित पुन: महामारीसॅग लड्ने प्रतिबद्गता अझै दरो भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *