कलंकीमा टिपरको ठक्करबाट एकको मृत्यु
काठमाडौं । काठमाडौंको कलंकीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। टिपरको ठक्करबाट मोटरसाइकल चालक बझाङको थलारा घर भई हाल ललितपुर बस्ने २४ वर्षीय वसन्त विष्टको मृत्यु भएको हो ।
बा ४ ख ६८४३ नम्बरको टिपरले बा १ ब ५४०१ नम्बरको मोटरसाइकललाई गएराति पौने १० बजे ठक्कर दिंदा घाइते भएका मोटरसाइकल चालक विष्टको उपचारको क्रममा कलंकीस्थित शहिद मेमोरियल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही दुर्घटनामा घाइते भएका बझाङकै चैनपुर घर भई हाल ललितपुरको धोविघाट बस्ने २६ वर्षीय निखिल बमको महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
टिपरसहित चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment