सिन्धुलीमा तरकारी बोकेको भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु

डिसी नेपाल
२७ पुष २०७८ ११:४५
84
Shares

सिन्धुली। सिन्धुली गोलन्जोर गाउँपालिका ७ मा भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । प्रदेश ३–०१–०२४ च ४२७६ नम्बरको तरकारी बोकेको भ्यान राति २ बजे अनियन्त्रित भएर नालीमा पल्टिदा सिरहाको धनगढीमाई नगरपालिका ९ जिरोमाईल जयपुरका २५ वर्षीय किसुन कुमार साहको मृत्यु भएको हो।

साहको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ । दुर्घटनामा घाइते भएका चालक सिरहाकै सखुवानन् कारकट्टी गाउँपालिका १ मौवाहीका २८ वर्षीय सन्तोष कुमार साह र भ्यानमा सवार सिरहाको कल्याणपुर नगरपालिका ५ का २१ वर्षीय पवन महराको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.