अभिषेकलाई ज्वाइँ बनाउन चाहन्थिइन् हेमा मालिनी, तर…

डिसी नेपाल
२८ पुष २०७८ ११:४४
13.0k
Shares

काठमाडौं। बलिउड अभिनेत्री हेमा मालिनीले फिल्म उद्योगमा निकै लामो समय राज गरिन्। उनको सुन्दरताकै कारण जोकोही उनलाई ‘ड्रिम गर्ल’ मान्दछन् । अभिनेत्री धर्मेन्द्रसँग विवाह गरेकी हेमाका दुई छोरीमध्ये इशा देवल कुनै समय बलिउडमा सक्रिय थिइन्।

हेमा इशाले आफूले रोजेको केटासँग विवाह गरुन् भन्ने चाहन्थिन्। उनी अमिताभ बच्चनका छोरा अभिषेकलाई ज्वाइँ बनाउन चाहन्थिन्। हेमा र अमिताभले कैयौं फिल्ममा सहकार्य गरेका छन्। अमिताभ हेमाका राम्रो साथी पनि हुन्।

त्यहीकारण हेमा आफ्नो साथीत्वलाई पारिवारिक सम्बन्धमा रूपान्तरण गर्न चाहिन्थइन्। हेमा अभिषेकलाई नजिकबाट चिन्थिन्। किनकि अभिषेक संस्कारी र सबैलाई सम्मान गर्ने स्वभावका थिए। जुन कुराबाट हेमा प्रभावित थिइन्।

तर, हेमाले सोचे जस्तो भइदिएन। इशा अभिषेकसँग विवाह गर्ने मामिलामा सहमत थिइनन्, त्यहीकारण पनि उनले विवाहलाई अस्वीकार गरिन्। किनकि इशा अभिषेकलाई एक भाइको पमा हेर्थिन्। यहीकारण उनले अभिषेकसँग विवाहको कुरा अस्वीकार गरिन्।

इशाले बाल्यकालका साथीसँग विवाह गरिन्। उनका पति व्यापारी हुन्। यता अभिषेकले पूर्व मिस वर्ल्ड तथा अभिनेत्री ऐश्वर्या रायसँग विवाह गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *