सुगम, स्वप्‍न र लाउरेले गाए, स्वस्तिमा र बिनु नाचे

डिसी नेपाल
२४ मंसिर २०७५ ४:४४

काठमाडौं : टुँडिखेलमा आयोजित ‘रग्बी फेस्टिभल तथा लाइभ म्युजिक’ कार्यक्रममा सम्पन्न भएको छ। नेपाल रग्बी एसोसिएसनले फेम नेपालसँगको सहकार्यमा आयोजना गरेको कार्यक्रममा रग्बी खेलसँगै बिभिन्न सांगीतिक प्रस्तुतिहरू प्रस्तुत गरिएको थियो

उक्त कार्यक्रममा नायिका स्वस्तिमा खड्काले ‘कुटुमा कुटु’, ‘गैरी खेतको सिरै हान्यो’, ‘नाच फिरिरी’ लागायतका गीतमा नृत्य प्रस्तुत गरेकी थिइन्। करिब पाँचहजार दर्शकको उपस्थिति रहेको उक्त कार्यक्रममा स्वस्तिमासँगै गायक सुगम पोखरेल, आशिष राना ‘लाउरे’, स्वप्न सुमन, डिजे सुरेन, डिजे कुइन् लागायतले आफ्नो प्रस्तुति राखेका थिए। कार्यक्रममा बेली डान्सर बिनु शाक्यले बेली डान्स प्रस्तुत गरेकी थिइन्।

कार्यक्रममा वर्ल्ड रग्बीको ट्रफी सार्वजनिक समेत गरिएको थियो। सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनले उक्त ट्रफी सार्वजनिक गरेका थिए। शुभेक्षा खड्का र रबिन तमाङले संचालन गरेको कार्यक्रम बिहान १० बजेदेखि साँझ ७ बजेसम्म चलेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *