ट्याक्टरको ट्रली पल्टिंदा एकको मृत्यु
सुनसरी । सुनसरीमा ट्याक्टरको ट्रली पल्टिंदा एक जनाको मृत्यु भएको छ । सुनसरी को कोशी गाउँपालिका-३ कोशीटप्पुमा उखु लोड गर्ने क्रममा ट्याक्टरको ट्रली पल्टिएर च्यापिंदा स्थानीय ४० वर्षीय कुमार उराउको मृत्यु भएको हो ।
हिंजो साँझ ६ बजेतिर उखु लोड गरेर डोरीले बाँध्ने क्रममा ट्रली पल्टिएर उराउ च्यापिएका थिए । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment