गायक अर्यालले सार्वजनिक गरे ‘नारायण नारायण’ लाेक भजन
काठमाडौं। गायक अशोक अर्यालको स्वर, शब्द र संगीत रहेको नयाँ लाेक भजन ‘नारायण नारायण’ सार्बजनिक भएको छ । कृष्ण भान्जाको संगीत संयोजन रहेको उक्त भजनको अडियोलाई श्यामस्वेत रसाईलीले ध्वनी मिश्रण गरेका छन् ।विगत लामो समयदेखि अमेरिकामा रहँदै आएका गायक अर्यालले गत महिना आफ्नो नेपाल भ्रमणको क्रममा उक्त लोक भजनको निर्माण गरेका हुन् ।
स्याङ्जा जिल्लाको मालुङ्गा र पाल्पा जिल्लाको हुँगीमा रहेको पबित्र तिर्थस्थल कालीगण्डकी उत्तर बाहिनी क्षेत्रमा छायांकन गरिएको उक्त लोक भजनको भिडियोको निर्देशन प्रतिमा अर्यालको रहेको छ भने छायांकन लक्की गाएज ले गरेका छन् ।नवीन घर्ती मगरले सम्पादन गरेको उक्त भजनको भिडियोको निर्माण र बजार व्यवस्थापन सलिना म्युजिक प्रालिले गरेको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment