एनआरएनएको चुनाव गराउन शेष घलेको संयोजकत्वमा ७ सदस्यीय उच्चस्तरीय समिति गठन

डिसी नेपाल
१ माघ २०७८ २०:१३

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) मा विवाद समाधान गरी निर्वाचन तथा महाधिवेशन गराउन संघका प्रमुख संरक्षक शेष घलेको संयोजकत्वमा ७ सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको छ ।

महाधिवेशन प्रतिनिधि चयनको विषयलाई लिएर विवाद बढेपछि महाधिवेशन गराउन नसकेको संघमा निर्वाचन कार्यक्रम अघि बढाउन र महाधिवशेन प्रतिनिधिमा देखिएका असन्तुष्टीहरुलाई सम्बोधन गर्न गठन गरिएको समितिमा संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, संरक्षकहरु देवमान हिराचन, जीवा लामिछाने, भवन भट्ट, राम प्रताप थापा र वर्तमान अध्यक्ष कुमार पन्त सदस्य रहेका छन् ।

समितिले संघको विधान अनुरुप २६ जनवरी २०२२ सम्म महाधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावली तयार गरि संघका अध्यक्ष कुमार पन्तमार्फत निर्वाचन समिति समक्ष पेश गर्नेछ ।

संघका अध्यक्ष कुमार पन्तको अध्यक्षता बसेको अन्तर्राष्ट्रिय समन्वय परिषद्को ८१ औँ बैठकले २८ फेब्रुअरी २०२२ तारिखमा अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरुको निर्वाचन गर्ने निर्णय समेत गरेको छ ।

बैठकले आगामी १० औं महाधिवेशनमा पेश हुने महासचिव डा. हेम राज शर्माको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष महेश श्रेष्ठको आर्थिक प्रतिवेदनलाई पारित गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *