सोमबार बढ्यो सुनको मूल्य, प्रति तोला कति ?

डिसी नेपाल
३ माघ २०७८ ११:३०
316
Shares

काठमाडौं। साताको कारोबारको दोस्रो दिन सोमबार सुनको मूल्य बढेको छ। सोमबार छापावाल सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कारोबार भइरहेको छ ।

आइतबार प्रति तोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ सयले बढेर प्रति तोला ९१ हजार ५  सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले बढेको हो।शुक्रबार चाँदी प्रति तोला १ हजार २ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ७९ हजार ३ सय ५ रुपैयाँ रहेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ७६ रुपैयाँ कायम भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.