फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको खुद नाफा ३८.१० प्रतिशतले बढ्यो, इपिएस कति ?

डिसी नेपाल
५ माघ २०७८ १२:४३

काठमाडौँ। फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले  १० करोड ४४ लाख ३२ हजार ६७० रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको तुलनामा ३८.१० प्रतिशतले बढेको हो । गत वर्षको यहि अवधिमा कम्पनीले ७ करोड ५६ लाख १६ हजार ५९३ रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको छ । कम्पनीको खुद ब्याज आम्दानी ५० प्रतिशतले बढेर १८ करोड २३ लाख१८ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले खुद ब्याज आम्दानी १२ करोड १५ लाख १३ हजार रुपैयाँ आर्जन गरेको थियो।  यता, सञ्चालन नाफा १० करोड २५ लाख रुपैयाँबाट बढेर १४ करोड ८८ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा कम्पनीको खराब कर्जा अनुपात शुन्य रहँदा मूल्य आम्दानी अनुपात (पीई रेसियो) ४३.४० गुणा रहेको छ । कम्पनीको कस्ट अफ फण्ड ८.५९ प्रतिशत र आधार दर १०.३८ तथा स्प्रेडदर ३.२९ प्रतिशत छ ।

दोस्रो त्रैमाससम्ममा कम्पनीको चुक्ता पूँजी ९६ करोड ४४ लाख ९२ हजार ४०० रुपैयाँ रहेको छ।  कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ४ रुपैयाँ ४१ पैसाले बढेर २१ रुपैयाँ ६६ पैसा पुगेको छ । यस्तै जगेडा कोषको आकार २ लाख घटेर १५ करोड २४ लाख २४ हजार रुपैयाँ कायम हुँदा प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ३७ पैसा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *