प्रियंका–निकको पहिलो सन्तान छोरा कि छोरी ? चर्चित अमेरिकी म्यागजिनले पुष्टि गर्‍यो

डिसी नेपाल
८ माघ २०७८ ११:११

काठमाडौं। प्रियंका चोपडा र निक जोनस अभिभावक बनेका छन् । प्रियंका शुक्रबार सामाजिक संजालमा पोस्ट गर्दै यो खबर दिएकी हुन् । प्रियंका सेरोगेसीको माध्यमबाट आमा बनेकी हुन् । उनको सन्तान छोरा हो वा छोरी भन्ने विषयमा प्रियंकाले केही जानकारी दिएकी छैनन् । प्रियंकाको सन्तानबारे अहिले पनि सस्पेन्स कायमै छ । तर, अमेरिकाको प्रतिष्ठित म्यागजिन युएस विकलीले भने प्रियंकाको घरमा छोरी जन्मिएको पुष्टि गरेको छ ।

प्रियंकाका फ्यान र सेलिब्रेटीहरुले उनीहरुलाई नयाँ अध्यायको सुरुवात गर्न लागेकामा बधाइ दिएका छन् । प्रियंका र निकले २०१८ मा बिहे गरेका थिए । यी दुईले शुक्रबार अबेर राती इन्स्टाग्राममा पोस्ट गरेर आफूहरु अभिभावक बनेको जानकारी दिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *