ओस्कार विजेता हलिउड अभिनेत्रीका एक्ला छोराले आत्महत्या गरे

डिसी नेपाल
९ माघ २०७८ १४:५०

काठमाडौं। एकेडेमी अवार्ड विजेता अभिनेत्री तथा निर्देशक रेजिना किंगका एक्ला छोरा इयान अलेक्जेण्डर जुनियरले आत्महत्या गरेका छन् । इयानले बुधबार मात्र आफ्नो २६ औं जन्मदिन मनाएका थिए । जन्मदिनको २ दिनपछि नै उनले आफ्नो जीवनको अन्त्य गरेका छन् । परिवारका प्रवक्ताले इयानको आत्महत्याको पुष्टि गरेका छन् ।

इयानले यति कठोर निर्णय किन गरे भन्ने अहिलेसम्म स्पष्ट भइसकेको छैन । प्रवक्ताले शनिबार बयान जारी गर्दै भनेका छन् ‘हाम्रो परिवार इयान यसरी जाँदा धेरै शोकमा छ । उनी यति असल व्यक्ति थिए कि सधैं अरुको खुसीको चिन्ता गर्थे । हाम्रो परिवार यो कठिन समयमा हामीलाई निजता दिन अपिल गर्दछ ।’

इयान रेजिना किंग र उनका पूर्वपति इयान अलेक्जेण्डर सिनियरका छोरा थिए । इयान रेजिनाका एक्ला सन्तान थिए । रेजिनाले छोरा इयानलाई निकै माया गर्थिन् ‘२००७ मा एक अन्तरवार्तामा उनले भनेकी थिइन् ‘बिना शर्तको माया के हुन्छ यो तपाइँलाई थाहा छैन । तपाइँ भलै आफूलाई यो थाहा छ भन्नुस् तर यदि तपाइँको कुनै बच्चा छैन भने तपाइँ यसलाई बुझ्नुहुन्न । जब तपाइँ अभिभावक बन्नुहुन्छ त्यसपछि यो सबैभन्दा सन्तोषजनक अनुभव हुन्छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *