आइतबार ४ सयले घट्यो सुनको मूल्य, तोलाको कति ?
काठमाडौं। साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ। आइतबार छापावाला सुन प्रति तोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार प्रति तोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ४ सयले घटेर ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ५० रुपैयाँ कायम भएको छ। चाँदी प्रति तोला १५ रुपैयाँले घटेको हो। शुक्रबार चाँदी प्रति तोला १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ७९ हजार ४५ रुपैयाँ रहेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ७१ रुपैयाँ ५ पैसा कायम भएको छ ।







डिसी नेपाल








Facebook Comment