एनसीसी बैंकको ७ लाख ५९ हजार ३७२ कित्ता संस्थापक सेयर बिक्रीमा

डिसी नेपाल
१६ माघ २०७८ ११:३२
132
Shares

काठमाडौं। एनसीसी बैंकका संस्थापकले सेयर बिक्री गर्ने भएका छन् । बैंकका का ८ जना संस्थापक सेयरधनीले ७ लाख ५९ हजार  ३७२ कित्ता सेयर बिक्री गर्ने भएका छन्। सेयर बिक्री गर्ने संस्थापक सेयरधनीमा कोषराज वन्त, बोध प्रसाद त्रिपाठी, मेनका लामा, दिपक लामा, कैलाश प्रतीन्द्र अमात्य, अम्बर बहादुर तामाङ, गिरीराज शर्मा संग्रौला र पवन सिंह भन्डारी रहेका छन्।

बैंकका संस्थापक शेयरधनी कोषराज वन्तको नाममा रहेको लाख ८ हजार कित्ता, बोध प्रसाद त्रिपाठीको १ लाख ८ हजार कित्ता, मेनका लामाले १ लाख ४ हजार १०६ कित्ता, दिपक लामाको ९५ हजार ७६७ कित्ता, कैलाश प्रतीन्द्र अमात्यको ८७ हजार ३३५ कित्ता, अम्बर बहादुर तामाङको ४१ हजार ४३ कित्ता, गिरीराज शर्मा संग्रौलाको १४ हजार २१ कित्ता र पवन सिंह भन्डारीको १ हजार कित्ता गरी जम्मा ७ लाख ५९ हजार  ३७२ कित्ता सेयर बिक्री गर्ने भन्दै बैंकले आइतबार एक सूचना जारी गरेका छन्।

यसमा बैंकका संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउनेछन्  । सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र एनसीसी बैंकको बागबजार काठमाडौंमा पुग्ने गरी आवेदन दिनुपर्नेछ । संस्थापक सेयरधनीबाट कुनै पनि आवेदन नपरेमा सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.