बैंक गइरहेकी वृद्ध महिलासँगबाट १७ लाख रुपैयाँ लुटियो, आफ्नै छोराबुहारी निस्किए ‘लुटेरा’
काठमाडौं। बैंकमा पैसा जम्मा गर्नको लागि गइरहेकी वृेद्ध महिलाको साथबाट दिनदहाडै १७ लाख रुपैयाँ लुटिएको घटनामा लुटपाट गर्नेहरु ती वृद्ध महिलाकै छोराबुहारी भएको खुलासा भएको छ । अनुसन्धानको क्रममा महिलासँगबाट पैसा लुट्ने योजना उनकै छोराबुहारीले बताएको खुलासा भएपछि पुलिस अधिकारी नै चकित परेका थिए ।
भारतको बिहारको पटना सहरको मालसमाली थाना क्षेत्रको चुटकिया बजारकी वृद्ध महिला गिरिजा देवी आफ्नी बुहारी शोभा रानी र आफ्नी छोरीको साथमा जग्गा बेचेको पैसा बैंकमा जम्मा गर्न गइरहेकी थिइन् । यस क्रममा भैसानी टोला क्षेत्रमा महिलाका अर्का छोराको घर नजिकै तीन जना पैदल लुटेरा आए र हवाइ फायर गरेर १७ लाख रुपैयाँसहितको झेला लुटेर भागे ।
गिरिजा देवी यसलाई भाग्यको खेल सम्झेर चित्त बुझाएर बसेकी थिइन् । तर, अब पुलिसले यसको खुलासा गर्दा उनी आफैंले विश्वास गर्न सकिनन् । वृद्ध महिलाका अनुसार उनले हालै पीरबहोर थाना क्षेत्रमा रहेको पुरानो घर बेचेकी थिइन् । यही पैसाबाट चुटकिया बजारमा नयाँ घर किनेकी थिइन् । १३ लाख उनले नयाँ घर किनेका व्यक्तिलाई दिइसकेकी थिइन् । उनलाई अझै १७ लाख रुपैयाँ दिन बाँकी थियो ।
महिलाका अनुसार उनले घर किनेका व्यक्तिले बाँकी पैसा ड्राफ्ट पेमेन्टमार्फत लिने बताएका थिए । यसैका लागि उनी पैसा लिएर बैंक ड्राफ्ट बनाउन गइरहेकी थिइन् । पैसा लिएर उनी आफ्ना छोरा विष्णु कुमारको घर गइन् । त्यहाँबाट बुहारी शोभा रानी को साथमा पैसा जम्मा गराउन गइरहेकी थिइन् । यसै क्रममा बाटोमा उनीसँगबाट पैसा लुटियो ।
पटना सिटी डिएसपी अमित शरणले घटनाको अनुसन्धानपछि महिलाका छोरा र बुहारीले एक षड्यन्त्र रचेर अज्ञात अपराधहिरुको सहयोगमा लुटपाट गराएका थिए । डिएसपीका अनुसार आरोपी छोरा र बुहारीलाई पक्राउ गरिएको छ । उनीहरुका छोरा अर्थात वृद्ध महिलाका नाती नाती भने फरार छन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment