इतिहासकै सबैभन्दा ठूलो चट्याङ अमेरिकामा पर्‍यो

डिसी नेपाल
१९ माघ २०७८ १४:०७
10.6k
Shares

काठमाडौं। अमेरिकामा इतिहासकै सबैभन्दा लामो चट्याङ परेको छ । यो आकाशीय बिजुलीले अमेरिकाका तीन राज्यहरुलाई एकैपटक ढाकेको थियो । संयुक्त राष्ट्रसंघको मौसम एजेन्सीले यसलाई संसारकै सबैभन्दा लामो आकाशीय बिजुलीको दर्जा दिएको छ । यो चट्याङ ७ सय ६८ किलोमिटर लामो थियो ।

वैज्ञानिकहरुले यसलाई मेगाफ्ल्याश नाम दिएका छन् । यो चट्याङ अप्रिल २०२० मा परेको थियो । त्यतिबेलादेखि अहिलेसम्म विश्वभर परेका चट्याङहरुको रेकर्ड जाँच भइरहेको थियो । जाँचमा यो चट्याङ सबैभन्दा लामो पाइयो । यो चट्याङ चम्किँदा टेक्सासदेखि मिसिसिपीसम्म देखिएको थियो । वैज्ञानिकहरुले यसलाई एक स्याटेलाइटको माध्यमबाट रेकर्ड गरेका थिए । यो यसअघिको रेकर्डभन्दा ६० किलोमिटर लामो रहेको पाइएको छ । यसको पुष्टि वर्ल्ड मेट्रोलोजिकल अर्गनाइजेसनले गरेको छ ।

डब्लुएमओका प्रवक्त क्लेयर नलिसका अनुसार ७६८ किलोमिटरको यात्रा विमानमा गर्दा करिब डेढ देखि २ घण्टा समय लाग्छ । तर, बिजुलीले यो दूरी केही सेकेण्डमै पार गर्यो । यसअघि जून २०२० मा उरुग्वे र अर्जेन्टिनामाथि मेगाफ्ल्याश परेको थियो । यो करिब १७.१ सेकेण्डसम्म देखिएको थियो । सबैभन्दा राम्रो कुरा यी दुवै मेगाफ्ल्याशले पृथ्वीलाई छोएनन् । पृथ्वीलाई छोएको भए ठूलो विपत्ति आउन सक्थ्यो ।

चट्याङको स्याटेलाइट तस्वीर

समाचार एजेन्सी रोयटर्सका अनुसार उरुग्वे र अर्जेन्टिनामा परेको चट्याङभन्दा पहिले अर्को उक चट्याङ परेको थियो जसले पूरै ब्राजिललाई दुई भागमा बाँडेको थियो । यो आकाशीय बिजुली ७०९ किलोमिटरसम्म फैलिएको थियो । डब्लुएमओका अनुसार दुई वर्ष पहिले अर्जेन्टिनामा रेकर्ड गरिएको सबैभन्दा धेरै समय चम्किएको चट्याङ १७.१ सेकेण्डसम्म चम्किरहेको थियो ।

यसअघि यस किसिमका चट्याङको रेकर्ड अमेरिका र फ्रान्समा गरिएको थियो । यसबारेमा अमेरिकन जियोफिजिकल युनियनको रिसर्च लेटरमा लेख प्रकाशित भएको थियो । डब्लुएमओको एक्सपर्ट कमिटीले २ वर्ष पहिले ब्राजिलको माथि ३१ अक्टोबर २०१८ मा परेको चट्याङलाई सबैभन्दा लामो आकाशीय बिजुली ठहर गरेको थियो । यसले ७०९ किलोकिटर दूरी तय गरेको थियो । यो दूरी बोस्टनबाट वाशिङटन डिसी वा लण्डनबाट स्विट्जरल्याण्डजति हो ।

डब्लुएमओले ४ मार्च २०१९ मा परेको चट्याङलाई इतिहासमै सबेभन्दा धेरै समय चम्किएको चट्याङ मानेको छ । यो १७.१ सेकेण्डसम्म चम्किरहेको थियो । कुनै पनि चट्याङ १०० किलोमिटर भन्दा धेरै फैलिए त्यसलाई मेगाफ्ल्याश भन्छन् । यसअघि २००७ मा ३२१ किलोमिटर लामो चट्याङ अमेरिकाको ओक्लाहोमामा रेकर्ड गरिएको थियो । त्यसअघि २०१२ मा फ्रान्समा ७.७४ सेकेण्डसम्म चम्किएको चट्याङलाई सबैभन्दा लामो समय चम्किएको चट्याङ मानिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *