१८ वर्षको इतिहासमा पहिलो पटक फेसबुकका प्रयोगकर्ता घटे, कम्पनीको मूल्य २ खर्ब डलर घट्यो
काठमाडौं। १८ वर्षको इतिहासमा फेसबुकले पहिलो पटक आफ्ना प्रयोगकर्ताको संख्यामा गिरावट रेकर्ड गरेको छ । फेसबुकको मूल कम्पनी मेटा नेटवक्र्सका अनुसार डिसेम्बरको अन्त्यसम्म तीन महिनामा दैनिक सक्रिय प्रयोगकर्ताको संख्या १.९२९ बिलियनमा झरेको छ । जबकि योभन्दा अघिल्लो त्रैमासिकमा फेसबुकका दैनिक सक्रिय प्रयोगकर्ताको संख्या १.९३० बिलियन थियो ।
कम्पनीले टिकटक र युट्युब जस्ता प्रतिस्पर्धीको तुलनामा कर्माको दर समेत कम भएको आशंका गरेको छ । साथमा विज्ञापन कम्पनीहरुले पनि आफ्नो खर्चमा कटौती गरिरहेका छन् । न्यूयोर्कमा आफ्टर आवर्स ट्रेडिङमा मेटाको शेयर मूल्यमा २० प्रतिशत भन्दा धेरैको गिरावत आएको छ ।
मेटाको शेयर मूल्यमा भारी गिरावटका कारण कम्पनीको शेयर बजार मूल्यमा २ खर्ब डलर भन्दा धेरैको नोक्सानी भयो । ट्वीटर, स्न्यापच्याट र पिन्टरेस्ट सहित सोसल मिडिया प्लेटफर्मको शेयर मूल्यमा पनि तीब्र गिरावट आएको छ ।







डिसी नेपाल







Facebook Comment