शुक्रबार घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?
काठमाडौं। साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य घटेको छ । शुक्रबार छापावाला सुन प्रति तोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
बिहिबार प्रति तोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज २ सयले घटेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ५० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले घटेको छ । बिहिबार चाँदीको मूल्य प्रति तोला १ हजार २ स्या ५ रुपैयाँ रहेको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ७९ हजार ३ सय ५ रुपैयाँ रहेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ७१ रुपैयाँ ५ पैसा कायम भएको छ ।







डिसी नेपाल








Facebook Comment