कैलाली प्रहरीको हिरासतबाट भागेका आरोपित पुनः पक्राउ

डिसी नेपाल
२५ असार २०८३ १५:१४

काठमाडौं। कैलाली प्रहरीको हिरासतबाट भागेका एक आरोपितलाई पुनः पक्राउ गरिएको छ। पक्राउ पर्नेमा कैलालीकै टीकापुरका ३१ वर्षीय सञ्जय नगार्मी छन्। सञ्जयलाई इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार, लागुऔषध कसुरमा उनलाई केही दिनअघि पक्राउ गरिएको थियो। यही असार २१ गते हिरासतमा खटिएका प्रहरीलाई छल्दै उनी भागेका थिए।

उनलाई इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतमा राखिएको थियो।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *