एमाले अध्यक्ष ओली बालुवाटार जाँदै
फाइल फाेटाे।
काठमाडौैं। प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीलाई पठाएको पत्र सार्वजनिक भएको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार जाँदैछन्।
सरकारबाट बाहिरिएको करिव ६ महिनापछि ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार जान लागेका हुन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार ओली अपरान्ह चार बजे बालुवाटार जाने छन्।
प्रधानमन्त्री देउवाको आग्रहमा एमसीसी, स्थानीय तहको निर्वाचन र संसदको जारी अवरोधका विषयमा छलफल गर्न ओली बालुवाटार जान तयार भएका हुन्।
सरकारले स्थानीय तह निर्वाचन जेठमा गर्ने गरी मिति तोक्ने तयारी गरेको छ भने संसदको जारी अधिवेशनबाट अमेरिकी सहयोग परियोजना एमसीसी पारित गर्ने तयारी गरेको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment