महिला उद्यमीहरुद्वारा प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र प्रस्तुत

डिसी नेपाल
१ फागुन २०७८ २०:०८
24
Shares

काठमाडौं । देशका महिला उद्यमीहरूले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष महिला औद्योगिक पार्क स्थापना गरी महिला उद्यमशीलतालाई बढावा दिने साझा लक्ष्यसहितको संयुक्त ज्ञापनपत्र प्रस्तुत गरेका छन् ।

दक्षिण एसियाली महिला विकास मञ्चका अध्यक्ष प्रमिला आचार्य रिजाल सहितको प्रतिनिधिमण्डलले शनिबार प्रधानमन्त्रीलाई भेटेर सरकारले ७७ वटै जिल्लामा औद्योगिक ग्राम स्थापना गर्ने व्यवस्था गरेको तथा औद्योगिक ग्राम घोषणा तथा सञ्चालनसम्बन्धी कार्यविधि, २०७५ मा महिला उद्यमी विशेष औद्योगिक ग्रामको प्रावधानअनुसार, “महिला उद्यमीलाई उद्योगतपÞर्m प्रोत्साहन गर्न महिला उद्यमीले मात्र उद्योग स्थापना गर्न पाउने व्यवस्था भए पनि त्यसको कार्यान्वयन गर्न अनुरोध गरेको हो ।”

कार्यविधिमा ‘महिला उद्यमी विशेष औद्योगिक ग्राम घोषणा गर्न सक्नेछ’ उल्लेख भए पनि अहिलेसम्म त्यो घोषणा नगरिएकाले आफूहरूले संयुक्त ज्ञापनपत्रमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको अध्यक्ष रिजालले जानकारी दिएकी छिन ।

प्रतिनिधिमण्डलले प्रथम महिला उद्यमी हरित औद्योगिक पार्कको घोषणा गर्न तथा त्यसको सफल कार्यान्वयनका लागि बजेट विनियोजन गर्नका साथै प्रतिनिधिमण्डलले छ वटै प्रदेशमा हरित महिला उद्यमशील औद्योगिक पार्क घोषणा गर्न पनि अनुरोध गरेको उनले बताईन ।
दक्षिण एसियाली महिला विकास मञ्च, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र पाँचखाल नगरपालिकासँगको सहकार्यमा नेपालमा हरित औद्योगिक अवधारणालाई एकीकृतरूपमा जलवायु परिवर्तन अनुकूलन उपायहरू प्रवद्र्धन गर्न प्रथम महिला उद्यमी हरित औद्योगिक पार्क सार्वजनिक–निजी साझेदारी ढाँचामा स्थापना भइरहेको र त्यसलाई ‘कृषि पर्यटन पार्क’ का रूपमा प्रवद्र्धन गरिने उनको भनाई छ ।

सेवा क्षेत्रलाई पर्यटनमा केन्द्रित गरी कृषि खाद्य क्षेत्रसँग सम्बन्धित ५०–६० साना उद्योग स्थापना गरिने, आयोजनाको गुरुयोजना र विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको र लैङ्गिक समानता र महिला आर्थिक समावेशीकरणलाई सहयोग गर्ने अध्यक्ष रिजालले बताईन।

प्रतिनिधिमण्डलमा नेपाल महिला उद्यमी महासङ्घका वरिष्ठ उपाध्यक्ष शोभा ज्ञवाली, महिला उद्यमी विकास समितिका सभापति रिता सिम्हा, महिला उद्यमी मञ्चका संयोजक छाया शर्मा र महिला उद्यमी हरित औद्योगिक पार्क समितिका सभापति शारदा रिजालको सहभागिता रहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.