मोबाइल बिगारेको निहुँमा चक्कु प्रहार गरी श्रीमतीको हत्या
झापा। श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले झापाको भद्रपुर नगरपालिका–१ लाहुरे चोक बस्ने ३४ वर्षीय अमर बहादुर तामाङ सोमबार बिहान पक्राउ गरेको छ। ३४ वर्षीया श्रीमती अनिता लिम्बुलाई धारिलो हतियार चक्कु र ढुङ्गा प्रहार गरी उनले हत्या गरेको प्रहरीले जनाएको छ।
मोबाइल बिगारेको बिषयमा अमर बहादुरले आफ्नै श्रीमतीको हत्या गरी आफैँ सिमा प्रहरी चौकी पृथ्वीनगरमा आएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment