एमसीसी संसदमा टेबुल हुनबाट कसैले राेक्न सक्दैन : नेता पौडेल

डिसी नेपाल
२ फागुन २०७८ १४:३४
72
Shares

काठमाडौं। नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले एमसीसी संसदमा टेबुल हुन कसैले नरोक्ने बताएका छन्। सोमबार आदिकवि भानु साहित्यिक अध्ययन समितिको कार्यक्रममा बोल्दै नेता पौडेलले सभामुख अग्नि सापकोटाले एमसीसी रोकेर नराख्ने बताएका हुन्।

‘अब एमसीसी सभामुखले रोकेर राख्नुहुन्न। अब संसदमा एमसीसी बारे छलफल हुन्छ। पास फेल जे हुनुपर्ने हो संसदमै हुन्छ,’ उनले भने।
नेता पौडेलले प्रधानन्यायाधीस चोलेन्द्र सशमसेर जबरा माथिको महाभियोग प्रस्ताव स्वभाविक भएको बताए।

जबरा माथि नेपाल बार एसोसियसन र न्यायाधिसहरुले नै प्रश्न उठाएको अवस्थामा सत्तारुढ गठबन्धनले महाभियोग प्रस्ताव दर्ता गराउनुलाई अस्वभाविकरुपमा लिन नहुने उनको भनाइ थियो।

‘नेपाल बार र न्यायाधीसहरुले नै उहाँ माथि प्रश्न उठाउनुभएको थियो। उहाँले सम्मानजनक बहिर्गमन चाहेको बताउँदै आउनुभएको थियो। तर, उहाँले सम्मानजनक बहिर्गमनको बाटो रोज्नुभएन,’ पौडेलले भने, ‘त्यो भनेको महाअभियोग लगाएर देखाउ भनेको हो। त्यसैले महाभियोगको प्रस्ताव ल्याइएको हो।’

नेता पौडेलले संसद् पुनःस्थापनको फैसला गर्ने चार न्यायाधीस माथि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले महाभियोग प्रस्ताव ल्याएर त्यसलाई संसद् स्विकार गर्न नहुने बताए।

‘सर्वोच्चको फैसला सबैले मान्नुपर्छ। संसद् पुनःस्थापनाको फैसला गर्ने चार न्यायाधीस माथि एमालेले महाभियोग प्रस्ताव ल्याए त्यसलाई संसद्ले अस्विकार गर्नुपर्छ,’ उनले भने, ‘२०५१ मा मनोमोहनले संसद भंग गरेपछि पुनःस्थापनको फैसला गर्ने तत्कालीन प्रधानन्यायाधीश विरुद्ध एमालेले महाभियोग प्रस्ताव ल्याएको थियो। त्यो बेला म सभामुख थिएँ। नियम, कानून पल्टाएर हेरेपछि मैले त्यो प्रस्तावलाई अघि नबढाउने निर्णय गरेको थिएँ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.