७४७ जना कोरोना सङ्क्रमित थपिए, ८ जनाको मृत्यु

डिसी नेपाल
२ फागुन २०७८ १६:४६
92
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा ८ हजार ६९६ जनामा परीक्षण गर्दा ७४७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ६ हजार २७९ जनामा पीसीआर परीक्षण गरिएकोमा ४८२ जनामा र २ हजार ४१७ जनामा एन्टीजेन परीक्षण गर्दा २६५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २ लाख १६ हजार ११८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६.६ प्रतिशत रहेको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा २ हजार ३१९ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ८ जनाको कोरोनाबाट मृत्यु भएको छ भने हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९०० पुगेको छ ।

यसैगरी देशमा हालसम्म २० हजार ७३९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.