संसदमा सभामुखको भूमिका ‘अम्पायर’ को जस्तो होइन : डा. विपिन अधिकारी (भिडियाे)

डिसी नेपाल
४ फागुन २०७८ १०:४८
148
Shares

काठमाडौं। संविधानविद् डा. विपिन अधिकारीले सभामुखको भूमिका अम्पाएरको जस्तो नहुने बताउका छन्। डिसी नेपालको कार्यक्रम ‘द नेपाल शो’ मा विजय मिश्रसँग कुरा गर्दै संविधानका ज्ञाता डा. अधिकारीले उक्त कुरा बताएका हुन्।

डा. अधिकारीले सभामुखले एमसीसी संसदमा टेवल गर्नुपर्ने बताए। ‘उहाँ अस्पाएर होइन, कसले भन्यो उहाँ अम्पाएर हो भनेर,’ उनले भने, ‘अम्पाएर भनेको ठूलो कुरा हो। उहाँलाई ओरिएन्टेसन पुगेको छैन सभामुख के हो भनेर। संसदको नेता भनेको प्रधानमन्त्री हो। प्रधानमन्त्रीले गर भनेपछि सभामुखले गर्नुपर्छ।’

उनले सभामुखका कारण संसदीय व्यवस्था धरापमा परेकोसमेत टिप्पणी गरे। उनले सभामुख सापकोटाले संसदलाई बन्धक बनाएको आरोप लगाए।

डा. अधिकारीसँग गरिएकाे  भिडियो संवाद


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *