प्रधानमन्त्री र प्रचण्डबीच संसदमा एमसीसी टेबुल नगर्ने सहमति

डिसी नेपाल
४ फागुन २०७८ १२:४४
424
Shares

काठमाडौं। सत्तासाझेदार माओवादी केन्द्रले जबजस्ती एमसीसी संसदमा पेश गरे सरकार छाड्ने निर्णय गरेसँगै सत्ता गठबन्धनले आज संसदमा एमसीसी पेश नगर्ने भएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलपछि आज एमसीसी संसदमा पेश नगर्ने सहमति भएको हो।

प्रधानमन्त्री निकट स्रोतका अनुसार भोलि अपरान्ह सत्ता गठबन्धनको बैठक बसेर एमसीसीका विषयमा सहमति जुटाउन प्रयास गरिने छ। त्यसका लागि भोलि अपरान्ह तीन बजे सत्ता गठबन्धनको बैठक बोलाइएको छ।

सरकारले आजै एमसीसी टेवल गर्ने तयारी गरेपछि माओवादी केन्द्रले एमसीसी टेवल भए सरकारबाट बाहिरिने निर्णय गरेको थियो। उता अर्को सत्ता सहयात्री दल एकीकृत समाजवादीले सकेसम्म एमसीसी टेवल हुन नदिने र भए त्यसको विपक्षमा मतदान गर्ने बताएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.