थप ४० प्रदर्शनकारी पक्राउ, हालसम्म ९० जना पक्राउ

डिसी नेपाल
४ फागुन २०७८ १४:२७
104
Shares

काठमाडौँ। प्रहरीले थप ४० जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ। नयाँ बानेश्वर क्षेत्रबाट उनीहरू पक्राउ परेका हुन्। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार पक्राउ परेकाहरूलाई भृकुटीमण्डपमा रहेको नगर प्रहरी कार्यालयमा राखिएको छ।

भर्खरै नयाँ बानेश्वर क्षेत्रबाट प्रदर्शनकारी पक्राउ परेको र उनीहरूको यकिन संख्या आउन बाँकी रहेको कार्यालयका प्रवक्ता तथा एसएसपी किशोरसिंह राठौरले बताए । यसअघि बिहान ५० जना पक्राउ परेका थिए । उनीहरूमध्ये अधिकांश बन्दकर्ता छन् । केही भने प्रदर्शनकारी छन्।

गृह मन्त्रालयले आज एमसीसीको विरुद्धमा रहेका दलहरूले आन्दोलन गर्न सक्ने र शान्ति सुरक्षामा चुनौती थपिन सक्ने भन्दै नियन्त्रणमा लिन प्रहरीलाई निर्देशन दिएको थियो । सोही कारण आज बिहानैदेखि सडकमा बाक्लो गरी प्रहरी तैनाथ थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.