पाँच मिनेटमा प्रचण्डले प्रधानमन्त्री देउवालाई के भने ?

डिसी नेपाल
४ फागुन २०७८ २३:२७
2.1k
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबार एक्ला एक्लै वार्ता भयो । करिब पाँच मिनेटको कुराकानीमा प्रचण्डले प्रधानमन्त्री देउवालाई अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदनमा साथ दिन नसकेको भन्दै सरकार छाड्ने बताएका छन् ।

केही समयअघि मात्र एमसीसी मुख्यालयलाई प्रधानमन्त्री शेरबहादुर देउवासँग मिलेर संसदबाट एमसीसी पास गर्न समय माग गरेका प्रचण्ड पार्टीमा एमसीसीको विषयमा एक्लो भएको स्विकारेका छन् ।

स्रोतका अनुसार प्रचण्डले प्रधानमन्त्री देउवाकासँग आफूले एमसीसी मुख्यालयलाई पत्र लेखेर सहयोग गरेपनि अहिलेको अवस्थामा पार्टी नेता र कार्यकर्तासमेत एमसीसीको विपक्षमा उभिएकाले साथ दिन नसकेको बताएका थिए

‘मैले सकिन, एमसीसीको विषयमा पार्टीमा म एक्लिएको छु । यस्तो अवस्थामा पार्टीमा पनि एक्लिने अवस्था बन्न दिने कुरा हुँदैन, त्यसैले मेरो विवशता तपाईंले बुझिदिनु परो’ प्रचण्डको भनाइ उदृत गर्दै स्रोतले भन्यो ।

बुधबार दिउँसो एमसीसीको विरुद्धमा भएको प्रदर्शनमा नारायणकाजी श्रेष्ठ उपस्थित भएको समेत आफूलाई जानकारी नभएको उनले बताएका थिए ।

उनले आफूलाई सभामुख अग्निप्रसाद सापकोटाले पनि साथ नदिएको उनले प्रधानमन्त्रीसँग दुःखेसो पोखे । ‘यसअघि महराजीले पनि मान्नु भएन अहिले अग्निजीले पनि साथ दिनु भएन’ प्रधानमन्त्रीसँग प्रचण्डको भनाइ उदृत गर्दै स्रोतले भन्यो ।

त्यसपछि प्रचण्डले एमसीसीलाई चुनावपछि लैजाने आफ्नो पूरानो प्रस्तावलाई फेरि सम्झाए । ‘चुनाव नजिकिँदै गएको छ, सक्नुहुन्छ भने एक वर्षपछिलाई सारौ’ प्रचण्डले प्रस्ताव गरे ।

प्रचण्डले स्पष्टताका साथ यही अवस्थामा परिमार्जन नगरी एमसीसीको पक्षमा माओवादी केन्द्र जान नसक्ने बताएका थिए । त्यसपछि यसबारे थप छलफलका लागि भोलि गठबन्धनको बैठक बोलाउन दुवै पक्ष सहमत भए ।

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.