सत्ता गठबन्धनकाे बैठक बस्दै
फाइल फाेटाे।
काठमाडौं। पाँच दलीय सत्ता गठबन्धनकाे बैठक आज बिहान बस्दैछ। एमसिसी सम्झौता अनुमोदन विषयमा सत्ता गठबन्धन दलहरूबीच बिहीबार सहमति नजुटेपछि शुक्रबार बिहान १० बजे फेरि बैठक बस्न लागेकाे हाे।
कांगेसले एमसिसी अगाडि बढाउन चाहे पनि माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी तयार नरहेपछि प्रधानमन्त्री शेरबहादुर देउवा दबाबमा छन्। तर १६ फागुनभित्र एमसिसीबारे निर्णय लिइसक्नुपर्ने बाध्यता रहेकाले गठबन्धनमा दाैडधुप बढेकाे हाे। आज दिउँसाे १ बजे प्रतिनिधिसभा बैठक पनि बस्दैछ ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment