टुरिस्ट बस एसोसिएसन अफ नेपालले गर्यो सडक सरसफाई
काठमाडौं । प्रजातन्त्र दिवसको अबसरमा टुरिस्ट बस एसोसिएसन अफ नेपालले सडक सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । खुसिबु सडक खण्डको सोह्रखुट्टे कालधारा चोक(टुरिस्ट बस टर्मीनल) क्षेत्रमा सरसफाई गरेको हो ।
सडकखण्डको फोहोरमैला उठाएर सरसफाई गरिएको एसोसिएसनका अध्यक्ष कृष्ण आचार्यले डिसी नेपाललाई जानकारी दिएका छन् ।
अध्यक्ष आचार्यंको संयोजकत्वमा ससफाई कार्य गरिएको हो ।कार्यक्रममा सोह्रखुट्टे ट्रफिक प्रहरी प्रमुख कृष्ण पौडेल ,वडानं १६ का अध्यक्ष मुकुन्द रिजाल, बातावरण विभागका कर्मचारीहरु लगायत अन्य सर्वसाधारणको समेत सहभागिता रहेको आचार्यले जानकारी दिए ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment