मतदाता परिचयपत्र हराएकाहरुले २० गतेभित्र निवेदन दिन सक्ने

डिसी नेपाल
९ फागुन २०७८ २०:५९
48
Shares

काठमाडौं । मतदाता नामावली परिचयपत्र हराकाहरुलाई निर्वाचन आयोगले पुन: परिचय पत्र प्रदान गर्ने भएको छ ।

आयोगले सोमबार एक सूचना जारी गरी यसअघि मतदाता परिचय पत्र पाइ हराएका वा नाशिएकालाई परिचयपत्र प्रदान गर्ने जनाएको हो । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले यस अघि मतदाता परिचय पत्र पाई हराएको, नाशिएको वा अन्य कुनै तवरले आफुसँग नरहेको अवस्थामा मतदातालाई निवेदन दिन सकिने व्यवस्था गरिएको जनाए ।

यसअघि मतदाता परिचय पत्र लिएर साथमा नभएकाहरुले आफ्नो वडा कार्यालयको सिफारिस सहित प्रतिलिपि परिचयपत्रका लागि सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने व्यवस्था भएको र सोही बमोजिम मतदाताले मतदाता परिचय पत्र पाउन निर्वाचन कार्यालयमा मिति फागुन २० गतेभित्र निवेदन दिन सकिने व्यवस्था मिलाइएको उनको भनाइ छ ।

त्यस्तै आयोगले मतदाता नामावलीमा भएको विवरणमा कुनै त्रुटी भए इमेल/ प्याक्सबाट समेत निवेदन दिन सकिने व्यवस्था मिलाएको जनाएको छ । कुनै मतदाताले मतदाता नामावलीमा भएको आफ्नो विवरणमा कुनै त्रुटी भएको भए सोलाई सच्याउन यसअघि सम्बन्धित निर्वाचन कार्यालयमा भौतिक रुपमा उपस्थित भई तोकिएको फाराम भरी निवेदन दिने व्यवस्था रहेकोमा अब त्यस्तो गर्न नपर्ने जनाएको हो ।

आयोगले फागनु ५ को निर्णय अनुसार सवै निर्वाचन कार्यालयलाई परिपत्र गरी इमेल/फ्याक्सबाट समेत उक्त निवेदन लिन सकिने गरी निर्देशन दिइएको जनाएको छ ।

&;


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *