केही हप्तादेखि जेलबाहिर घुमिरहेका बलात्कारी बाबालाई जेड प्लस सुरक्षा !
काठमाडौं। २ हप्ता अघिदेखि जेलबाहिर घुमिरहेका बलात्कारी बाबा गुरमित राम रहीम सिंहलाई जेड प्लससुरक्षा दिइने भएको छ । भारतको नियमअनुसार जेड प्लस सुरक्षामा १० जना कमाण्डोसहित ५७ जना सुरक्षाकर्मी हुन्छन् । जन्मकैदको सजाय पाएका बाबा राम रहीम फरलो (विशेष कारणवश केही दिन जेलबाहिर बस्न पाउने सुविधा) मा जेलबाहिर छन् ।
उनलाई जेड प्लस सुरक्षा दिने विषयमा एडिजी सीआइडीको तर्फबाट रोहतक रेन्ज कमिश्नरलाई पत्र लेखिएको थियो । पत्रमा गृह मन्त्रालयबाट प्राप्त इनपुटमा राम रहीमलाई खालिस्तान समर्थित आतंकवादीहरुबाट खतरा भएको र सजाय पाउनुभन्दा पहिले पनि उनलाई धम्की आइरहेको बताउँदै उनको सुरक्षा कडा बनाइनु जरुरी भएको बताइएको छ ।
डेरामुखी गुरमित राम रहीम ७ फेब्रुअरीदेखि फरलोमा छन् । यस क्रममा उनी गुरुग्रामस्थित आफ्नो डेरामा परिवारको साथमा बसिरहेका छन् । गुरमितलाई फरलो दिइएको विरोधमा हाइकोर्टमा भोलि सुनुवाइ हुँदैछ । गुरुमित राम रहिमलाई फरलो दिने विषयमा पनि ठूलो खुलासा भएको छ । उनले रोहतकको सुनारिया जेल सुपरिटेन्डेन्टलाई ३१ जनवरीमा पत्र लेखेर परिवार भेट्न फरलो मागेका थिए । यस विषयमा रोहतक कमिश्नरले गुरुग्राम कलेक्टरसँग सुरक्षा र अन्य कारणका विषयमा राय मागेका थिए । गुरुग्राम कलेक्टरले एक दिनमै फरलो दिन सिफारिस गरेका थिए ।







डिसी नेपाल







Facebook Comment