ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

डिसी नेपाल
११ फागुन २०७८ ९:०६
120
Shares

सुनसरी।  सुनसरीमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । सुनसरीको कोसी–८ भण्टाबारीमा गए राति ट्रकले ठक्कर दिँदा स्थानीय ६० वर्षीय भरत सहनीको मृत्यु भएको हो ।

प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र२–०३–००१ख २५०५ नंको ट्रकले सोही दिशाबाट आउँदै गरेका साइकलयात्रीलाई ठक्कर दिएका थियो । गम्भीर घाइते सहनीको उपचारका क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको कार्कीले जानकारी दिए ।

ट्रक चालक सर्लाहीको परवानीपुरका ५४ वर्षीय लासादोर्जे जिम्बालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.