नेष्डो समृद्ध लघुवित्तको ८ लाख २८ हजार ७५० कित्ता आइपिओ बिक्री खुला
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ बिक्री खुल्ला भएको छ। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको आइपिओ जारी गर्न लागेको हो।
कम्पनीले जारी गर्ने आइपिओमध्य ०.५ प्रतिशतले हुन आउने १२ हजार ७५० कित्ता कर्मचारीहरुका लागिर ५ प्रतिशतले हुन आउने ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषलाई छुट्याईएको छ । भने बाँकी ७ लाख ७४ हजार ५६३ कित्ता सेयरमा सर्बसाधारणले आवेदन दिन पाउने कम्पनीले जनाएको छ।
यो आइपिओको लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ। यस आईपिओमा लगानीकर्ताले फाल्गुन १५ गतेसम्म अएदन दिन पाउने छन्। कम्पनीले तोकेको समयभित्र आवश्यक मात्रामा आवेदन नपरेमा लगानीकर्ताले फागुन २५ गतेसम्म आवेदन दिन सकिनेछ।
लगानीकर्ताले यस आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले लघुवित्तलाई इक्रा एनपी आईआर डबल बि प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।
सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरो शेयर’ प्रयोग गरेर शेयर खरिदका लागि आवेदन दिन सक्ने छन्।
हाल लघुवित्तको चुक्ता पूँजी १७ करोड २१ लाख २५ हजार रुपैयाँ छ। आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी २५ करोड ५० लाख पुग्नेछ।







डिसी नेपाल








Facebook Comment