बुर्किना फासोको सुनखानीमा बिस्फोट हुँदा ६० जनाको मृत्यु
बुर्किना फाँसो। बुर्किना फाँसोको दक्षिण पश्चिमको एउटा गाउँमा भएको एउटा अस्थायी सुनखानीमा भएको बिस्फोटमा कम्तिमा ६० जनाको मृत्यु भएको छ ।
सुन खानी स्थलमा रहेको बजारमा भण्डारण गरिएको डाइनामाइटले आगो लाग्दा बिस्फोट भएको प्रत्यक्षदर्शीले जनाएका छन् । बिस्फोटमा मृत्यु हुनेहरुमा महिला र बालबालिका पनि छन् ।
घटनास्थलहरुमा शवहरु यत्रतत्र छरिएका थिए । बिस्फोटन स्थल वरपर रुखहरु ढल्नुका साथै घर भत्किएको रोयटर्सले जनाएको छ । बिस्फोटमा घाईते भएका दर्जनौलाई नजिकको अस्पतालमा लगिएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment