युक्रेनमा सेना पठाएपछि रुसी राष्ट्रपतिले विश्वलाई सम्बोधन गर्दै के भने ?

डिसी नेपाल
११ फागुन २०७८ १६:५८
12.4k
Shares

काठमाडौं। युक्रेनका दुई प्रान्तलाई स्वतन्त्र देश घोषणा गरेर त्यहाँ आफ्नो सेना पठाएपछि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वको लागि सन्देश जारी गरेका छन् । रुसी राष्ट्रपति पुटिनले भने ‘हामीले कहिल्यै यो भनेनौं कि रुस वार्ता गर्न चाहँदैन । तर, यो पनि तय छ कि हामी कूनै पनि मूल्यमा आफ्ना हितहरुसँग सम्झौता गर्ने छैनौं ।’

पुटिनले एउटा भिडियो सन्देश जारी गर्दै यस्तो बताएका हुन् । उनले भने ‘आफ्ना हितहरुसँग हामी कुनै पनि हालतमा कुनै पनि किसिमको सम्झौता गर्ने छैनौं । यदि समस्या आउँछ भने वार्ता गर्न कुनै आपत्ति छैन । विश्वको स्थिति पनि खतरनाक हुँदै गइरहेको छ । एकातिर हतियार नियन्त्रणको कुरा भइरहेको छ र अर्कोतिर नेटोको विस्तार गरिँदैछ । हामी चाहन्छौं सुरक्षा सन्तुलन कायम राखियोस् ताकि हरेक देशले आफ्नो रक्षा गर्न सकुन् ।’

रुसले डोनाबासलाई स्वतन्त्र घोषणा गरेपछि रुस समर्थित पृथकतावादीहरुले २४ घण्टामा पूर्वी युक्रेनका कैयौं क्षेत्रमा गोलीबारी गरेका छन् । यसमा एक युक्रेनी सैनिकको मृत्यु भएको छ र ६ जना घाइते भएका छन् । यसअघि पूर्वी युक्रेनमा रुस समर्थित पृथकतावादीहरुले एक कारलाई निशाना बनाएका थिए । एक ग्यास पाइपलाइनलाई पनि विष्फोट गरेर उडाइदिएका थिए ।

यही बीच खुअला युद्ध हुन सक्ने आशंकामा युक्रेनले १८ देखि ६० वर्ष बीचका रिजर्भ सैनिकलाई तयार रहन भनेको छ । यी रिजर्भ सैनिकहरुलाई फेरि प्रशिक्षणको लागि बोलाइएको छ । यो सिलसिला बुधबारदेखि सुरु भएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *