विदेशी १० सैनिकसहित ७२ जनाद्वारा सैनिक कमाण्ड तथा स्टाफ कलेज तालिम पूरा

डिसी नेपाल
१४ फागुन २०७८ ६:४०
160
Shares

काठमाडाैं। प्रधान सेनापति प्रभुराम शर्माको प्रमुख आतिथ्यतामा शिवपुरीस्थित नेपाली सेना सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन भएको २८ समूहको कमाण्ड तथा स्टाफ तालिम दीक्षान्त समारोह सम्पन्न भएको छ।

नेपाली सेनाका महिलासहित ५९, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका तर्फबाट १÷१ अधिकृत तथा विदेशी १० जनाले उक्त तालिम पूरा गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

तालिममा बङ्गलादेश, नाइजेरिया, पाकिस्तान, श्रीलङ्का, मलेसिया, माल्दिभ्स, लेवनान, भारत, केन्या (महिला) र बेलायतबाट १÷१ प्रशिक्षार्थी सैनिक अधिकृत सहभागी थिए । तालिमको १७ श्रृङखला अर्थात सन् २०१० बाट विदेशी शिक्षार्थी सहभागी गराइएको हालसम्म विभिन्न देशका ९९ जना दीक्षित भएको सेनाले जानकारी दिएको छ । तालिम शोधपत्रमा सेनानी प्रभात थापा प्रथम तथा समग्र तालिममा सह–सेनानी दिपचन्द्र केसी सर्वोत्कृष्ट शिक्षार्थी घोषित भए।

समारोहमा सर्वोत्कृष्ट नतिजा हासिल गरेका केसीलाई सर्वोत्कृष्ट शिक्षार्थी पुरस्कार तथा दीक्षित प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरियो। प्रधानसेनापति शर्माले कलेजको वार्षिक प्रकाशन ‘दि शिवपुरी’ जर्नल को २३औँ संस्करणको विमोचन गरे।

त्रिभुवन विश्व विद्यालयका उपकुलपति प्राध्यापक डा धर्मकान्त बाँस्कोटा, कलेजका शिक्षाधिकृत उपरथी हिरालाल जोशीले अब्बल नतिजा ल्याउने शिक्षार्थीलाई सैनिक कमाण्ड तथा स्टाफ कलेजको प्रतिक तथा नगद पुरस्कार प्रदान गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *