विश्वभर थपिए १६ लाखभन्दा बढी कोरोनाका नयाँ संक्रमित, ८३ सयभन्दा बढीको मृत्यु
Coronavirus on scientific background
काठमाडौं। पछिल्लो चौबिस घण्टामा विश्वभर १६ लाख १० हजार २८७ जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा कोरोनाका कारण ८ हजार ३५९ जनाले ज्यान गुमाएका छन्।
वल्डोमिटर्सका अनुसार योसँगै विश्वमा कूल कोरोना भाइरस संक्रमितको संख्या ४३ करोड ३२ लाख ९७ हजार २१० पुगेको छ । कोरोनाका कारण विश्वमा हालसम्म ५९ लाख ५६ हजार ३२५ जनाको मृत्यु भएको छ।
पछिल्लो चौबिस घण्टामा सबैभन्दा बढी कोरोना संक्रमित जर्मनी, दक्षिण कोरिया र रुसमा थपिएका छन्। उक्त अवधिमा जमर्नमा १ लाख ९३ हजार ९९, दक्षिण कोरियामा १ लाख ६५ हजार ८८९ र रुसमा १ लाख २३ हजार ४६० जनामा संक्रमण पुष्टी भएको छ।
बितेको चौबिस घण्टामा कोरोनाका कारण विश्वमा ८ हजार ३५९ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा अमेरिकामा १ हजार ८५३, रुसमा ७८७, भारतमा २५४, ब्राजिलमा ७८१, फ्रान्समा १८८, बेलायमा १२०, जर्मनीमा २३५, टर्कीमा २६६, इटालीमा १९३ र स्पेनमा २४८ जना रहेका छन्।







डिसी नेपाल








Facebook Comment