रुसको वार्ताको प्रस्ताव अस्वीकार गर्दै युक्रेनी राष्ट्रपतिले दिए यी ५ विकल्प

डिसी नेपाल
१५ फागुन २०७८ १४:५९
10.7k
Shares

काठमाडौं। युक्रेन र रुसबीच युद्धको आज चौथो दिन हो । रुसको आक्रमण बढ्दै गइरहेको छ । बिहानैदेखि युक्रेनमा रुसी सैनिक आक्रामक तरिकाले अगाडि बढिरहेका छन् । यही बीच रुसी राष्ट्रपति कार्यालय क्रेमलिनले बेलारुसमा युक्रेनसँग वार्ताको लागि तयार भएको सन्देश पठाएको छ । तर, युक्रेनले यो प्रस्ताव अस्वीकार गरेको छ । युक्रेनी राष्ट्रपतिले वार्ताको लागि बेलारुस ठिक नभएको भन्दै अन्य स्थानमा वार्ता गर्न तयार रहेको बताएका छन् ।

आइतबार एक भिडियो सन्देशमा बोल्दै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्ता पोल्याण्डको वार्सा, स्लोभाकियाको ब्रातिस्लाभा, टर्कीको इस्तानबुल, हंगेरीको बुडापेस्ट वा अजरबैजानको बाकुमा हुन सक्ने बताएका छन् । उनले अन्य स्थानमा पनि वार्ता सम्भव भएको बताउँदै भने ‘युक्रेन रुसले वार्ताको लागि गरेको बेलारुसको चयनलाई स्वीकार गर्दैन ।’ रुसी राष्ट्रपति कार्यालय क्रेमलिनले रुसले एक प्रतिनिधिमण्डल युक्रेनसँग वार्ताको लागि बेलारुस पठाएको बताएको छ । क्रेमलिनले रुस युक्रेनसँग शान्ति वार्ता गर्नको लागि तयार भएको बताउँदै रुसी प्रतिनिधिमण्डल बेलारुसको होमेल सहर पुगेको बताएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेसकोभले आरआइए नोभोत्सीसँग कुरा गर्दै रुस पहिलेदेखि नै वार्ताका लागि तयार भएको बताएका छन् । उनले अब मस्कोले युक्रेनीहरुको प्रतिक्षा गरिरहेको बताए । क्रेमलिनका प्रपक्ता पेसकोभले बताएअनुसार प्रतिनिधिमण्डलमा सैन्य अधिकारीहरु र कूटनीतिज्ञहरु छन् । पेसकोभले भने ‘रुसी प्रतिनिधिमण्डल वार्ताको लागि तयार छ र हामी युक्रेनीहरुको प्रतिक्षा गरिरहेका छौं ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *