रुसले ग्यास आपूर्ति बन्द गरिदिन सक्ने युरोपेली युनियनलाई डर

डिसी नेपाल
१६ फागुन २०७८ १०:३०
932
Shares

काठमाडौं । ऊर्जाका लागि रुसमाथि युरोपेली सङ्घ ईयूको ठूलो निर्भरता छ। त्यसबाट मस्कोले पनि टन्न आम्दानी गर्छ र यी कुरालाई अहिलेको सङ्कटबाट अलग राख्न सकिन्न।

युक्रेनमाथि रुसी अतिक्रमणपछि ब्रसल्सले क्रेम्लिनलक्षित एकपछि अर्को प्रतिबन्ध लगाएको छ। सप्ताहान्ततिर ईयूका नेताहरूले रुसी केन्द्रीय ब्याङ्क र आफ्नो हवाई क्षेत्रमा रुसी विमानको उडानमाथि प्रतिबन्ध लगाउनुका साथै अस्त्र किन्ने र युक्रेनलाई पठाउने निर्णय गरेका छन्।

ईयूले अहिलेसम्म ऊर्जा आपूर्ति चाहिँ रोकेको छैन। युरोपमा ऊर्जाको मूल्यमा व्यापक वृद्धि भएको छ भने आपूर्ति कम हुनासाथ महँगीले आकाश छुन सक्ने कुरा भ्लादिमिर पुटिनलाई पनि थाहा छ।

ब्रसल्सलाई अहिले के छ भने मस्कोले ऊर्जा आपूर्ति घटाएर वा रोकेर जबाफी कदम चाल्न सक्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *